सिन्धुलीमा बोलेरो दुर्घटना हुँदा एक जनाको मृत्यु

काठमाडौँ : सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका-२ जखौलीस्थित सडकमा बोलेरो दुर्घटना हुँदा त्यसमा सवार एक जनाको मृत्यु भएको छ। 

प्रहरीका अनुसार ना.३ च ५९७६ नम्बरको बोलेरो अनियन्त्रित भई आइतबार बेलुकी दुर्घटना हुँदा हरिहरपुरगढीका २० वर्षीय कैलाश राईको मृत्यु भएको हो।

Seti Hospital

दुर्घटनामा गम्भीर घाइते भएका उनको हेटौंडास्थित चुरेहिल अस्पतालमा थप उपचारको क्रममा मृत्यु भएको हो।  दुर्घटनामा घाइते भएका बोलेरोमा सवार २ जनाको स्थानीय पोलिक्लिनिक झनझनेमा उपचार भइरहेको बताइएको छ। बोलेरो चालकलाई प्रहरीले नियन्त्रणमा लिएर दुर्घटनाबारे अनुसन्धान गरिरहेको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

समबन्धित समाचार