एमाले बैठकमा उठ्यो भीम रावललाई निष्काशन गरेको विषय

काठमाडौँ- पार्टीको अनुशासनमा नबसेको भन्दै निष्काशनमा परेका पूर्वउपप्रधानमन्त्री भीम रावलको विषय नेकपा एमाले केन्द्रीय कमिटीमा प्रश्न उठेको छ।

आइतबार बसेको एमाले केन्द्रीय कमिटी बैठकमा पूर्वउपाध्यक्ष भीम रावलसहित स्थायी कमिटी सदस्य विन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिम्सिनालाई गरिएको कारबाहीमा पुनर्विचार गर्न आवाज उठेको हो।

khadya

अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदनमाथि धारणा राख्ने क्रममा केन्द्रीय सदस्य झपट रावल र प्रकाश शाहले कारबाही फिर्ता लिन माग गरिएको थियो। उनीहरू दुवै रावलको गृह प्रदेश सुदूरपश्चिमका नेताहरू हुन्। यता झपट त लामो समयदेखि भीम रावलसँगै काम गरेका थिए।

पहिले कारबाही अनुमोदन, पछि बोल्ने अनुमति
एमाले बैठकमा ३ नेतामाथि गरिएको कारबाही सुरुवाती चरणमै गरिएको थियो। बैठक सुरुवात हुनासाथ ओलीले कारबाही अनुमोदन गरेका थिए। एमालेका एक सदस्यका अनुसार सदस्यहरूले आपत्ति जनाउने बुझेर ओलीले सुरुमै कारबाही अनुमोदन गरेका थिए।

मंसिर १० गते बसेको एमाले सचिवालय बैठकले रावललाई संगठित सदस्यबाट हटाउने निर्णय गरेको थियो भने पाण्डे र तिम्सेनालाई ६ महिना जिम्मेवारीबाट मुक्त राख्ने निर्णय गरेको थियो। एमालेको बैठक आज पनि बस्नेछ। आज बाँकी रहेका सदस्यले बोल्ने कार्यसूची छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Bhetenari ADD

सम्बन्धित समाचार