युट्यूबर मनोज मानव भनेर चिनिने मनोज फेरि पक्राउ

काठमाडौं : युट्यूबर मनोज मानव भनेर चिनिने मनोज कुमार महतो फेरि पक्राउ परेका छन्। उनलाई शक्रबार समातिएको हो।

जिल्ला प्रहरी परिसर काठमाडौंका सूचना अधिकारी एसपी नवराज अधिकारीले अभद्र व्यवहारको आरोपमा एक महिलाले जाहेरी दिएपछि महतोलाई पक्राउ गरिएको जानकारी दिए।

महतो पटकपटक पक्राउ परिरहने व्यक्ति हुन्। यसअघि गत वर्षको माघमा विद्युतीय अपराध ऐन विपरीतको कसूर गरेको आरोपमा उनी पक्राउ परेका थिए।

सामाजिक सञ्जालमार्फत महिलाको चरित्र हत्या गरेको जाहेरी परेपछि अनुसन्धानका लागि उनी पक्राउ परेका थिए। त्यसअघि पनि उनी साइबर अपराधको कसूरमा पक्राउ परेर धरौटीमा छुटेका थिए। उनी युवतीको आड लिएर केही राजनीतिक व्यक्तित्वको चरित्र हत्या गर्ने कार्यमा सक्रिय छन्।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार