एतिहासिक मन्दिर कोला समौजीमा १२५ किलोग्रामको दमाह चढाइयो !

धनगढी : डडेल्धुरा जिल्लाको अजमेरु गाउँपालिका-१ मा रहेको एतिहासिक मन्दिर कोला समौजीमा १२५ किलोग्रामको दाइन (दमाह) चढाइएको छ।

आज पुइलेकबाट उक्त दाइन (दमाह) को पुजा गरी १२ गाउँका करिब ६८ जना सर्वसाधारणले बाजागाजा सहित मन्दिर पुर्‍याएका हुन्। सुदुरपश्चिम मै पहिलो पटक ठूलो दाइन (दमाह) चढाइएको पूजारी पण्डित देवराज भट्टले बताए ।  

दाइन (दमाह) मन्दिर परिसरमा राखेपछि सर्वसाधारण पनि खुशी देखिएका छन्। ५ फिट ५ इन्च  उचाइ र ४ फिट ६ इन्च चौडाइ भएको १२५ किलोग्रामको दाइन (दमाह) समाजसेवी भक्त बहादुर भण्डारीले चढाएका हुन्।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार