कैलालीको लम्किचुहाका अति विपन्न नागरिकहरूका लागी आवास निर्माण

कैलाली : कैलालीको लम्किचुहा नगरपालिकाले आफ्ना अति विपन्न नागरिकहरूका लागी आवास निर्माण गरिदिएको छ । गरिबीका कारण फुसको चुहिने छानोमुनि बस्न बाध्य नागरिकको समस्या समाधान गर्न गैरसरकारी संस्था राष्ट्रिय दलित नेटवर्क सँगको सहकार्यमा ४५ घर निर्माण सम्पन्न गरिएका छन् ।

नगर प्रमुख जनता आवास कार्यक्रम अन्तर्गत वडा नम्बर ४ को कौवापुर शिविरमा सुकुम्वासीका ३३ घर निर्माण गरिएका छन् भने सोही वडाका दलित तथा अति विपन्न गैर दलितहरूका ५ घर निर्माण भएका छन् । यस्तै वडा नम्बर ३ स्थित बल्चौर बादी बस्तीमा ७ घर निर्माण गरिएका छन् ।

khadya

सोही कार्यक्रम अन्तर्गत हाल ३४ घर निर्माणको प्रक्रिया अघि बढाइएको छ । चालु आर्थिक वर्षका लागी सुदूरपश्चिम प्रदेश सरकारले सोही कार्यका लागी २ करोड विनियोजन गरेकाले असार मसान्त सम्म पालिकाका १० वटै वडा छुने गरी काम सुरु गरिने नगरपालिकाले जनाएको छ ।

‘जनता आवास भनेर हामीले पहिला ५० लाख विनियोजन गरेका थियौ । यसको साइज सानो भयो, फेरी यसलाई बढायौ र ४५ घर निर्माण भए । ३४ घर निर्माणका लागी सम्झौता भएको छ’ नगरप्रमुख सुशिला शाहीले भनिन् ‘प्रदेशबाट २ करोड आएकाले हामीलाई काम गर्न थप सहज हुनेछ । सुकुम्वासी, मुक्त कमैया, दलित भन्ने होइन सबै विपन्नलाई समेट्ने गरी अव १० वटै वडामा काम गर्छौ ।’

विपन्नका लागी घरसँगै पक्की चर्पी समेत निर्माण गरिएका छन् । कतिपयले खुल्ला रूपमा त कतिपयले फुसको बाड र बोराको पर्दा बनाई चर्पी प्रयोग गर्नु परेको विगतको बाध्यता पनि हटेको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार