डेल्धुरा : परशुराम नगरपालिकाद्वारा आयोजित १५औं राष्ट्रपति रनिङ शिल्ड भुवनेश्वरी मावि परिगाउले जितेकाे छ । विभिन्न विधाका प्रतियोगितामा भुवनेश्वरी नमुना माध्यमिक विद्यालयले २७ स्वर्ण १० रजत ४ कास्य जितेसंगै शिल्ड उचालेकाे हाे ।
आर्थिक वर्ष २०८१/०८२ काे स्वीकृत कार्यक्रम अन्तरगत हरेक वर्ष झैँ यस वर्षपनि प्रतियोगिता परशुराम नगरपालिका १२ स्थित परशुराम रङ्गमैदानमा बिहिवार उद्घाटन भएको थियाे । प्रतियोगितामा नगरपालिकाका सामुदायिक र संस्थागत गरि १७ माध्यमिक विद्यालय सहभागीता रहेकाे थियाे ।
प्रतियोगिताका सबै विधामा १७ विद्यालयका करिव ९ सय बढी छात्र-छात्रा सहभागी भएका थिए । शनिवार सम्पन्न प्रतियोगितामा भागेश्वर मावि कटालले ९ स्वर्ण, २ रजत र ८ कास्य हात पारी दाेस्राे भएको छ । ७ स्वर्ण, ३ रजत र १ कास्य जिति शिद्दनाथ मावि जयपुर जाेगबुडा तेस्राे भएको छ ।
२ स्वर्ण, ६ रजत र ६ कास्य जिति सिताराम मावि कुरमुल्ले चौथो भएको छ । २ स्वर्ण, २ रजत र ४ कास्य जिति जनज्योति मावि गाइवाद्दे पाँचौ स्थानमा रहेकाे छ । २ स्वर्ण, २ रजत र ३ कास्य पदक जिति शिद्दनाथ मावि चन्दनी छैटौं स्थानमा रहेकाे छ । उता भागेश्वर माबि सलौनले १ स्वर्ण, ८ रजत र ३ कास्य जिति सातौ स्थान ओगटेकाे छ ।
आठौं स्थानमा १ स्वर्ण, ६ रजत र ५ कास्य बैजनाथ मावि जमरानीले जितेकाे छ । शैलेश्वरी मावि तुलाभाडिले १ स्वर्ण , ५ रजत र २ कास्य हात पारि नवौ स्थानमा रहेकाे छ । १ स्वर्ण, १ रजत र २ कास्य जित्नेमा शिवपार्वती मावि पाेखरी दशौं स्थान सुरक्षित गरेकाे छ । एघारौं स्थानमा कैलपाल मावि बाेडाले ३ रजत र ५ कास्य जितेकाे छ । १२ औं स्थानमा २ रजत र २ कास्य जित्ने भागेश्वर मावि बशौटी र शिवशंकर मावि सादनी रहेका छन् ।
तेह्रौं स्थानमा ३-३ कास्य जित्न सफल भागेश्वर मावि शिर्ष र बैजनाथ मावि सलेता रहेकाे आयोजकले जनाएको छ । ग्रिनभ्याली इङ्गलीस वाेर्डिक स्कुल जाेगबुडा र शिद्दनाथ मावि परशुराम ७ मलासले कुनै विधामा पनि स्थान ल्याउन नसकेकाे आयोजककाे अन्तिम सार्वजनिक नतिजामा उल्लेख छ ।
प्रतियोगितामा प्रथम, दाेस्राे, तेस्राे र सान्त्वना हुने बिद्यालयलाई नियमानुसार कर कट्टि गरि क्रमस: ३५ हजार, २५ हजार, १५ हजार र १० हजार नगद सहित, शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिएकाे छ । प्रतियोगिता ३ दिन सम्म शभ्य,भव्य र मर्यादित तवरवाट सम्पन्न भएकाे आयोजकले जनाएको छ ।
बिहिवार सामाजिक बिकास समिति संयोजक तथा १५ राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता संयोजक देवबहादुर बाेहराकाे अध्यक्षता तथा नगर-प्रमुख भरत वडायर जाेशीको प्रमुख आतिथ्यतामा उदघाटन भएको थियाे । शनिबार प्रतियोगिता जिल्ला समन्वय समिति सदस्य लिला धामीकाे प्रमुख आतिथ्यतामा सम्पन्न भएको हाे ।
प्रतियोगितामा आ-आफ्नो क्षेत्रबाट साथ सहयाेग र समर्थन गर्ने सम्पूर्ण सहयाेगी, अफिसियल, रेफ्रि, स्वयंसेवक, विभिन्न विद्यालयका प्रधानाध्यापक, शिक्षक, विद्यार्थी, कर्मचारी, पत्रकार, सुरक्षाकर्मीलाई प्रश्नसा पत्रद्वारा सम्मानसहित प्रतियोगिता सम्पन्न भएको संयोजक देव बहादुर बोहराले जानकारी दिए ।
आज नै नगरपालिकाले छात्र-छात्रा नगरकाे आधिकारिक भलिबल र कबड्डि खेलकाे टिम समेत घाेषणा गरेकाे छ । प्रतियोगिता अवधिमा विभिन्न विधामा सहभागी उत्कृष्ट खेलाडीलाई समेत ट्रफिद्वारा सम्मान गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्