६ दिनदेखि अवरुद्ध महाकाली लोकमार्ग शनिबारदेखि सन्चालनमा

दार्चुला : महाकाली लोकमार्गको खलङ्गा–गोकुलेश्वर सडक अन्तर्गत किम्तडी भीरमा चट्टान फुटाएर सडक चौडा पार्ने काम भइरहेको छ । सडक निर्माणका क्रममा ६ दिनदेखि अवरुद्ध सडक शनिबारदेखि खुलेको छ ।

प्रमुख जिल्ला अधिकारी यज्ञराज जोशीका अनुसार शनिबारदेखि बाटो खुलेको हो । दार्चुला सदरमुकाम खलङ्गानजिक रहेको महाकाली नगरपालिका –५ किम्तडीस्थित ठड्याकाठा भिरमा सडक अवरुद्ध हुँदा स्थानीयलाई सास्ती भोग्नुपरेको थियो ।

सडक कटानका क्रममा खसेको पहिरो पन्छाएर शनिबारदेखि आवतजावत खुला गरिएको छ । सो क्षेत्रमा बाँकी काम आइतबारदेखि जारी रहने निर्माण प्रतिनिधि सुरेन्द्र बमले बताए । आज सडक खुलाएर यातायातका साधन पास भएका छन, उनले भने, “आज आराम गरेर भोलिदेखि निर्माण कार्य थप अघि बढाउछौँ ।” निर्माणको क्रममा केही समय अवरोध भए पनि अब लामो समय सडक अवरुद्ध नहुने उनको भनाइ छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार