लागुऔषधसहित टीकापुरबाट एक जना पक्राउ

धनगढी : कैलालीको टीकापुरमा ७ ग्राम २६० मिलिग्राम लागुऔषधसहित एक जना पक्राउ परेका छन्।

शनिबार साँझ इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरी टोलीले टीकापुर नगरपालिका–९ बालुवाटार स्थित सडक खण्डमा चालक जानकी गाउँपालिका–९ पुर्व खैरीफाँटाका २० वर्षीय निरज जैसीलाई लागुऔषधसहित पक्राउ गरेको हो।

SHIKHAR COOL TECH

उनले चलाएको से ६ प ९०६३ नम्बरको मोटर साइकललाई चेकजाँच गर्दा मोटरसाइकलको पछाडीको दुबै साइडको इन्डिकेटरभित्र लुकाई राखेको ७ ग्राम २६० मिलिग्राम लागुऔषध फेला परेको प्रहरीले जनाएको छ।

उनलाई इलाका प्रहरी कार्यालय टीकापुरको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार