एसईई आइडलको चौथो संस्करणको एघारौं र बाह्रै अडिसन सम्पन्न

धनगढी : प्रदेश स्तरीय नृत्य तथा गायन विधाको प्रतियोगिता एसईई आइडलको चौथो संस्करणको एघारौं र बाह्रै अडिसन हिजो शनिबार सम्पन्न भएका छन् ।

कैलालीको पहाडी पालिका चुरेको शिव मा.वि., किम्तोलामा एघारौं र डोटीको जोरायल गा.पा.को दुर्गा मा.वि., लमौत्येमा आइडलका बाह्रैं अडिसन सम्पन्न भएका छन् । एघारौं अडिसनमा शिव मा.वि., किम्तोला र भानु मा.वि., चित्रपुरका ८ जना र बाह्रौं अडिसनमा जोरायल गा.पा. का दुर्गा मा.वि., महाकाली मा।वि।, र नवोदय मा.वि. का ११ जना विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

khadya

एघारौं अडिसन कार्यक्रममा बोल्दै शिव मा.वि. का अध्यक्ष हिक्मत भाटले आउँदा बर्षहरुमा पनि यस्ता दुरदराजमा यस कार्यक्रमको निरन्तरताको कामना गरेका छन् भने दुवै अडिसनमा सहभागी जोरायल गा.पा. शिक्षक महासंघका अध्यक्ष गणेश बमले मञ्चको अभावमा खुम्चिएका प्रतिभाले यस्ता कार्यक्रमबाट मुखरित हुने अवसर पाउने कुरामा खुसी व्यक्त गरेका छन् ।

गत तीन संस्करणको भव्य सफलतापछि सुरुभएको एसईई आइडलको चौथो संस्करणको सुपका ९ जिल्लाका ३० भन्दा बढी स्थानहरुमा अडिसनहरुमा आयोजना गरिनेछन् । यस वर्ष एसईई दिने विद्यार्थीहरुले अडिसनमा सहभागी हुन पाउनेछन् । यस वर्ष पनि गत बर्ष जस्तै नृत्य र गायन प्रतिभाहरुले प्रतिस्पर्धात्मक प्रदर्शन गर्न पाउनेछन् ।

यस सालको साउन देखि फाल्गुण सम्म सुपमा ९ जिल्ला भरि नै अडिसन प्रतियोगिताहरु संचालन हुँदैछन्, जहाँबाट नृत्य र गायन विधाका उत्कृष्ट ३०/३० जना प्रतिस्पर्धिहरुले २०८२ बैशाखमा हुने सेमिफाइनलमा प्रवेश पाउनेछन् भने सेमिफाइनलमा उत्कृष्ट हुने नृत्य र गायन विधाका १५/१५ जना प्रतिस्पर्धीहरुले २०८२ असार १ गते हुने फाईनलमा प्रवेश पाउनेछन् ।

फाईनलबाट दुवै विधामा १/१ जना विजेता र १/१ जना उपविजेता छनोट गरिनेछ । दुवै विधाका विजेता र उप विजेताले क्रमशस् रु। ७५/७५ हजार र रु। ३०/३० हजार नगद सहित कक्षा ११ र १२ मा पूर्ण छात्रवृत्ति पाउनेछन् । साथै दुवै विधाका उत्कृष्ट ५ भित्र पर्ने अन्य प्रतिस्पर्धिहरुले पनि कक्षा ११/१२ मा आंशिक छात्रवृत्ति पाउनेछन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार