सुदूरपश्चिमको नाम परिवर्तनको माग गर्दै : नगर प्रमुख बोहरा

धनगढी : बाजुराको बुढीनन्दा नगरपालिकाका नगर प्रमुख जनककुमार बोहराले सुदूरपश्चिम प्रदेशको नाम परिवर्तनको माग गर्दै बहस सुरु गरेका छन्। शनिबार धनगढीमा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले “सुदूरपश्चिम” नामले प्रदेशको पहिचानलाई पछौटेपनसँग जोड्ने भएकाले नयाँ र सकारात्मक नाम राख्नुपर्ने धारणा व्यक्त गरे।

“हाम्रो परिचय सुदूर बनाइराख्न पाइँदैन”
नगर प्रमुख बोहराले भने, “पहिला गाउँघरमा बार अनुसार नाम राख्ने चलन थियो। त्यस्तै, प्रदेशको नामले यहाँका बासिन्दाको पहिचानलाई सधैं सुदूर र पछाडि देखाउने काम गरिरहेको छ। काठमाण्डुका लागि यो सुदूर होला, तर हाम्रो लागि त काठमाण्डु नै सुदूर हो।”

khadya

उनले प्रदेश सभालाई नाम परिवर्तनको विषयमा पुनः छलफल गर्न आग्रह गरे। यस्तै नगर प्रमुख बोहराको टिप्पणीमा प्रतिक्रिया दिँदै सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले नाम परिवर्तनको विषयमा छलफल गर्न सकिने बताए। उनले भने, “नामको विषयमा गम्भीर बहस गर्न हामी तयार छौं। प्रदेशवासीको चाहनाअनुसार निर्णय गरिनेछ।”

सुदूरपश्चिम प्रदेश सभाले २०७५ असोज १२ गते “सुदूरपश्चिम” नाम र राजधानी गोदावरी तोकेको थियो। तर, नामाकरणपछि नै यसको औचित्यमाथि समय-समयमा विवाद हुँदै आएको छ।

नगर प्रमुख बोहराको प्रस्तावलाई अन्य स्थानीय तहका प्रमुखहरूले पनि समर्थन जनाएका छन्। उनीहरूले प्रदेशको नामले पहिचान, आत्मसम्मान र विकासलाई प्रतिबिम्बित गर्नुपर्नेमा जोड दिएका छन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार