पूर्वमहानिरीक्षक आईजीपी खनालले गरे एमाले पार्टी परित्याग

काठमाडौं : नेपाल प्रहरीका पूर्वमहानिरीक्षक (आईजीपी) सर्वेन्द्र खनालले एमाले पार्टी परित्याग गरेका छन्। उनले आफ्नो फेसबुकमार्फत् अब कुनै पनि राजनीतिक दलमा आबद्ध नरहेको घोषणा गरेका हुन्।

खनालले २०७९ असोज ६ गते एमालेमा प्रवेश गरेका थिए। एमाले मुख्यालय च्यासलमा आयोजित कार्यक्रममा खनालले केपी शर्मा ओलीलाई महान् राष्ट्रवादी र अडान भएको नेता भन्दै पार्टी प्रवेश गरेका थिए। प्रहरी सेवामा रहँदा ओलीको राष्ट्रवादी दृष्टिकोणबाट आफू प्रभावित भएको बताउने खनालले पार्टीमा दुई वर्ष बिताएपछि एमालेसँग मोहभंग भएको खुलासा गरेका छन्।

khadya

खनालले एमालेमा आबद्ध भएसँगै २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर ६ बाट उम्मेदवारी दिएका थिए। तर, सो निर्वाचनमा रास्वपाका शिशिर खनालसँग पराजित भएका थिए। त्यसपछि तनहुँ क्षेत्र नम्बर १ मा भएको उपनिर्वाचनमा पनि उनी रास्वपाका डा. स्वर्णिम वाग्लेसँग पराजित भएका थिए। तनहुँको उपनिर्वाचनमा खनालले अत्यन्त कम मत ल्याएर तेस्रो स्थान हासिल गरेका थिए।

खनालले एमाले प्रवेशका बेला केपी शर्मा ओलीको नेतृत्वको खुलेर प्रशंसा गरेका थिए। भीम रावल निष्कासन भएको ११ दिनपछि पूर्वआईजीपी खनालले पनि एमालेबाट बाहिरिएको घोषणा गरेका हुन्। 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार