जंगली जनावर मार्न थापेकाे धरापमा युवक परेपछी…

धनगढी : कैलालीमा जंगली जनावर मार्न थापेकाे धरापमा युवक परेको घटनामा चार जना पक्राउ परेका छन्।

गाैरीगंगा नगरपालिका-१ काे माैवारि सामुदायिक वनमा विद्युतीय तार विछायाएर थापिएकाे धरापमा परेर गत भदौमा साेही ठाउँ बस्ने २० वर्षीय आदित्य चाैधरी घाइते भएका थिए।

SHIKHAR COOL TECH

उक्त घटनामा गाैरीगंगा नगरपालिका-३ बस्ने ३५ वर्षीय धनीराम चाैधरी, ४० वर्षीय शनिराम चाैधरी, ३२ वर्षीय बाबुराम चाैधरी र २६ वर्षीय बिनु चाैधरीलाई पक्राउ गरिएको कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) कबिन्द्र सिंह बाेहराले जानकारी दिए।

उनीहरूविरूद्व ज्यान मार्ने उद्योग शिर्षकमा मुद्दा दर्ता गरेर अनुसन्धान भइरहेको बाेहराले बताए। धरापमा परेर घाइते भएका चाैधरी भने उपचारपछि घर फर्किसकेका छन्।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार