१४ वर्षीया बालिकामाथि सामूहिक बला*त्कार आरोपमा तीन जना पक्राउ

दाङ : दाङको तुलसीपुरमा १४ वर्षीया बालिकामाथि सामूहिक बला*त्कार आरोपमा तीन जना पक्राउ परेका छन्। इलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार पुस १३ गते ती बालिका र एक किशोर तुलसीपुर उपमहानगरपालिका–१२ स्थित टरिगाउँ फुटबल मैदान अगाडि जंगलमा गएका थिए।

उनीहरू कलिलै उमेरमा प्रेममा रहेको स्रोतको भनाइ छ। उनीहरू जंगल पुगेपछि एकाएक त्यहाँ थप तीन जना किशोर आए र घेरा हाले। उनीहरूले ती बालिकासँगै गएका किशोरलाई बाँधे। र, बालिकालाई केही पर जंगलमा लगेर सामूहिक बला*त्कार गरेको प्रहरीले जनाएको छ।

Seti Hospital

दुई जनाले पालैपालो बला*त्कार गरेको तथा अरूले बलात्कारमा सघाएको आरोप उनीहरूमाथि छ। तीन जनालाई नियन्त्रणमा लिए पनि एक जना अझै फरार रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

समबन्धित समाचार