कैलालीमा एक वर्षमा ५० महिला यौन हिंसाको सिकार

धनगढी : कैलालीमा एक वर्षमा विभिन्न हिंसाबाट ३६४ जना पीडित भएका छन्। इन्सेक सुदूरपश्चिमले गत वर्षको पुस १५ गतेदेखि यो वर्षको पुस १५ सम्म तयार गरेको तथ्याङ्कमा कैलालीमा घरेलु हिंसा, बलात्कार र यौन दुव्र्यवहारका घटना सबैभन्दा बढी घटेको पाइएको हो। कैलालीमा गैरराज्य पक्षबाट २९७ जना पीडित भएका छन्। गत वर्ष बलात्कार तथा यौनजन्य हिंसाबाट ५० जना महिला पीडित भएको इन्सेकले तयार गरेको तथ्याङ्कले देखाएको छ।

कैलाली जिल्लामा एक वर्षमा ३६४ वटा मानवअधिकार उल्लंघनका घटना घटेका हुन्। इन्सेक सुदूरपश्चिमले जिल्लामा एक वर्षमा २९७ महिला, ४६ बालिका र १६ जना पुरुष पीडित भएको अभिलेख तयार गरेको छ। इन्सेकले राज्यपक्षबाट हुने मानवअधिकार उल्लंघनका घटनामा कमि आए पनि गैरराज्यबाट हुने घटनामा कमि नआएको जनाएको छ।

khadya

एक वर्षमा कैलालीमा गैरराज्यबाट पीडित भएका २९७ जना महिला मध्ये २२६ जना घरेलु हिंसाबाट पीडित भएको इन्सेकले जनाएको छ। यस्तै, बलात्कार तथा बलात्कार प्रयासबाट ५० जना महिला पीडित भएको इन्सेकको अभिलेख छ। इन्सेकले गैरराज्यबाट आर्थिक सामाजिक तथा सांस्कृतिक अधिकारबाट चार जना पीडित भएको जनाएको छ।

कैलालीमा जातीय विभेदबाट गत वर्ष दुई जना पीडित भएको इन्सेकले जनाएको छ। यसैगरी, नागरिक तथा राजनीतिक अधिकारबाट १५ जना पीडित भएकामा पाँच जना राज्यबाट पीडित भएको इन्सेकले जनाएको छ। एक वर्षको अवधिमा कैलालीमा बलात्कार, बलात्कारको प्रयास, यौनदुव्र्यवहार, अमानवीय व्यवहार, बहुविवाह र हत्या घटनाका ३४ जना आरोपित धरौटीमा छुटेको इन्सेकले जनाएको छ। एक वर्षमा बलात्कार, बलात्कार प्रयास र यौन दुव्र्यवहार घटनाका आरोपित ६ जनालाई सफाइ दिइएको छ भने बलात्कार घटनामा कसुर ठहर गरी चार जनालाई कैद सजायको फैसला भएको इन्सेकले जनाएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार