लागूऔषधसहित धनगढीबाट १० जनालाई पक्राउ

धनगढी : प्रहरीले लागूऔषधसहित १० जनालाई पक्राउ गरेको छ । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय, जिल्ला प्रहरी कार्यालय र मातहतको प्रहरी कार्यालयबाट खटेको प्रहरीको संयुक्त टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा टीकापुर नगरपालिका–२ राजीपुरका २३ वर्षीय विक्रम बुढा, १९ वर्षीय मिलन टमटा, धनगढी उपमहानगरपालिका–३ स्थित केदार टोलमा चिया नास्ता पसल गर्ने ४० वर्षीय खेमराज महरा रहेका छन् ।

Seti Hospital

त्यस्तै, कृष्णपुर नगरपालिका–७ का ३४ वर्षीय मोहन राना, धनगढी उपमहानगरपालिका–७ का २५ वर्षीय प्रभुपन राना, १८ वर्षीय अमन राना रहेका छन् । यसैगरी, धनगढी उपमहानगरपालिका–१३ का २९ वर्षीय बाहाली राना, वडा नम्बर ६ का ३१ वर्षीय दिपक राना, कृष्णपुर नगरपालिका–९ का २४ वर्षीय प्रदीप राना, ३० वर्षीय अनिल राना पक्राउ परेका जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

१० जनालाई छुट्टाछुट्टै स्थानबाट पक्राउ गरिएको हो । उनीहरुको साथबाट प्रहरीले आठ ग्राम ४९० मिलिग्राम खैरो हेरोइन र ६९ ग्राम ३४० मिलिग्राम चरेश बरामद गरेको छ । कर्डन एण्ड स्वीप अपरेसन गरेर उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक कवीन्द्रसिंह बोहराले जानकारी दिए ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Bhetenari ADD

समबन्धित समाचार