परशुरामधाममा धार्मिक बगैँचा बनाउन रुद्राक्षका बिरुवा रोपिए !

डडेलधुरा : भगवान् विष्णुको छैटौँ अवतार चिरञ्जीवी परशुरामले ध्यान, तपस्या गरेको पवित्र धार्मिक, सांस्कृतिक तथा पर्यटकीय तीर्थस्थल परशुरामधाममा धार्मिक बगैँचा बनाउन रुद्राक्षका बिरुवा रोपिएको छ ।

महाकाली नदी किनारको विशाल फाँटमा फैलिएको परशुरामधाममा सुदूरपश्चिम प्रदेशकै धार्मिक बगैँचा बनाउन रुद्राक्षका बिरुवा रोपण गरिएको परशुराम नगरपालिकाका नगरप्रमुख भरतबडायर जोशीले बताए ।

Seti Hospital

पहिलो पटक प्रथम सुदूरपश्चिम मेयर फोरम २०८१ को आयोजना गरेको परशुरामले यस प्रदेशका ८८ वटै स्थानीय तहको एउटा रुद्राक्षको बिरुवा यहाँ रोपिने बताए । रुद्राक्ष धार्मिक बिरुवा हो । हिन्दु धर्ममा रुद्राक्षको निकै ठुलो महत्व रहेको छ ।

रुद्राक्षका दाना उत्पादन गरेर माला बिक्रीबापत यहाँको स्थानीयलाई व्यवसायसँग जोड्न सकिन्छ भन्ने लक्ष्य राखेर रुद्राक्षका बिरुवा रोपण गरिएको उनले बताए । परशुराम नगरपालिकाले परशुरामधाममा आयोजना गरेको मेयर फोरममा मात्रै एक लाख रुपियाँभन्दा बढी मूल्यका रुद्राक्षका माला खरिद गरेको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Bhetenari ADD

समबन्धित समाचार