धनगढी : डडेल्धुराबाट लागू औषध सहित २ जना पक्राउ परेका छन ।
शुक्रबार अमरगढी नगरपालिका – ५ बागबजार स्थित बसपार्कबाट नवदुर्गा गाउँपालिका – २ का २६ वर्षीय खेम राज भट्टलाई ०.२० मिलिग्राम लागू औषध खैरो हेरोइन र डोटीको शिखर नगरपालिका – ८ गोबघाटका २६ वर्षीय साजन बलायरलाई प्रिगासप्ट नामक लागू औषध २५ ट्याब्लेट सहित पक्राउ गरिएको हो ।
दुवैजनालाई सुपप्र ०१–००९ प ९६५२ नम्बरको मोटरसाईकल सहित नियन्त्रणमा लिएर थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दनुहोस्