अस्ट्रेलिया जान घरबाट बिदा भएर आएका दाम्पतीको दुर्घटना हुँदा मृत्यु

काठमाडौं : भक्तपुरको मध्यपुर थिमी नगरपालिका-२ स्थित सडकमा पुस १५ गते स्कुटर दुर्घटना भयो । स्कुटरमा सवार थिए झापाको भद्रपुर नगरपालिकाका एक दम्पती ।

बागमती प्रदेश-०२-०२८ प ६६१० नम्बरको स्कुटरका चालक ३१ वर्षीय निश्चल प्रकाशराज भण्डारीको पुस १९ मा उपचारका क्रममा नर्भिक अस्पतालमा निधन भएको छ । निश्चलकी पत्नी, २८ वर्षीय पूजा श्रेष्ठ स्कुटरको पछाडि सवार थिइन् । घाइते भएकी उनको अहिले नर्भिक अस्पतालमा उपचार भइरहेको छ ।

Seti Hospital

दुर्घटनाका मृतक निश्चल र घाइते पूजा झापाको भद्रपुर नगरपालिकाका पूर्व उपप्रमुख चन्द्रा श्रेष्ठका छोरा र बुहारी हुन् । दुवै जना केही दिनमा अस्ट्रेलिया जान लागेको परिवार स्रोतले जानकारी दिएको छ । अस्ट्रेलिया जाने तयारीका क्रममा उनीहरू झापाबाट बिदा लिएर काठमाडौँ आएका थिए ।

कुकुरलाई बचाउन खोज्दा दुर्घटना भएको भक्तपुर जिल्ला प्रहरी परिसरका डीएसपी ढुण्डिराज नेउपानेले बताए । ‘थिमिबाट मगरगाउँतर्फ जाँदै गर्दा कुकुरलाई जोगाउन खोज्दा स्कुटर अनियन्त्रित भई दुर्घटना भएको प्रारम्भिक अनुसन्धानले देखाएको छ,’ उनले भने ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

समबन्धित समाचार