धनगढी : कैलालीबाट प्रहरीले ४ लाख बढीको अवैध भन्सार छलीको सामान बरामद गरेको छ ।
शुक्रबार धनगढी उपमहानगरपालिका – २ ट्राफिक चौराह, धनगढी उपमहानगरपालिका –७ फुलबारी बसपार्क र टीकापुर नगरपालिका – ७ डाडाबोझि स्थित सडक खण्डबाट अवैध रुपमा भारतबाट भन्सार छली ल्याएको सामान बरामद गरिएको हो ।
प्रदेश प्रहरी कार्यालय धनगढीका अनुसार सो स्थानबाट चिनी, बिडी, सुर्ती, पानीपुरी, युरिया मल, मोवाईल ग्लास, साडी, मोटरसाइकलको ब्याट्री, किराना सामान, मोटरसाईकललगायतका सामान गरी ४ लाख १४ हजार ७५० रुपैयाँ बराबरको सामान बरामद गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्