५७ शाखा अधिकृत उपसचिव र १८ उपसचिव सहसचिवमामा बढुवा सिफारिस [नामसहित]

काठमाडौं : संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कार्यसम्पादन मूल्याङ्कनका आधारमा १८ जना उपसचिवलाई सहसचिवमा र ५७ जना शाखा अधिकृतलाई उपसचिवमा बढुवा सिफारिस गरेको छ।

मन्त्रालयले शुक्रबार एक सूचना जारी गर्दै योग्य कर्मचारीहरूको सूची सार्वजनिक गरेको हो। बढुवा सिफारिसमा परेका कर्मचारीहरूको छनोट कार्यसम्पादन, दक्षता, अनुभव, र अन्य मापदण्डका आधारमा गरिएको मन्त्रालयले जनाएको छ।

सूचनामा बढुवा सिफारिस गरिएका कर्मचारीहरूको नाम, कार्यक्षेत्र, र अन्य विवरण उल्लेख गरिएको छ। यसले निजामती प्रशासनमा उच्चस्तरको सेवा र व्यवस्थापनलाई थप प्रभावकारी बनाउन मद्दत पुग्ने विश्वास मन्त्रालयको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार