धनगढी : कैलालीको टीकापुरबाट लागुऔषध सहित एक जना पक्राउ परेका छन ।
पक्राउ पर्नेमा टीकापुर नगरपालिका– १ बनगाउँ बस्ने २५ वर्षिय तुलाराम घर्तिमगर रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनलाई बिहिबार टीकापुर नगरपालिकाकै वडा नं. ९ खक्रौला स्थित मुख्य सडकखण्डबाट पक्राउ गरिएको हो ।
पक्राउ परेका घर्तिमगरको साथबाट १ ग्राम ८०० मिलिग्राम लागुऔषध बरामद गरेको र उक्त विषयमा थप अनुसन्धान भैरहेको प्रहरीले बताएको छ ।
प्रतिक्रिया दिनुहोस्