कैलाली : नेकपा एमालेका केन्द्रिय सदस्य तथा बझाङ जिल्ला प्रतिनिधि सभा इन्चार्ज ऐन महरले ज्यानमारा सडकको सुधारमा ध्यान दिन आग्रह गरेका छन ।
बिहिबार राती बझाङको मष्टा र तल्कोट गाउँपालिकामा जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको घटनामा दुःख व्यक्त गर्दै उनले सडकको सुधारका लागि सरकार र जनप्रतिनिधिहरुलाई आग्रह गरेका हुन । नेता महरले सवारी साधनमा यात्रा गर्दा मृत्युवरण गर्नुपर्ने अवस्थाको अन्त्य हुनुपर्ने बताए ।
‘यस प्रकारका दुर्घटनामा अझै कति जनाको ज्यान जाने हो । ग्रामीण सडकमा दिनहुँ यस्ता दुर्घटनाका खबर आइरहन्छन् । सडकको सुरक्षा मर्मत र सुधारका लागि सरकार र जनप्रतिनिधिहरूले यस विषयमा संवेदनशील भएर काम गर्नुपर्छ’ महरले भने । बझाङमा घटेको घटनाको छानबिन गरी त्यस्ता घटना फेरि हुन नदिने गरी सरकारले नीति बनाउनु पर्ने महरको भनाई छ ।
प्रतिक्रिया दिनुहोस्