कृषकले राम्रो आम्दानी गर्न थालेपछि मह उत्पादनमा वृद्धि

डोटी : पछिल्ला वर्ष डोटी जिल्लामा मह उत्पादन बढ्न थालेको छ । ग्रामीण क्षेत्रमा उत्पादन भएको महको बजारसम्म सहज पहुँचसँगै मौरीपालक कृषकले राम्रो आम्दानी गर्न थालेपछि मह उत्पादन बढ्न थालेको हो ।

कृषि ज्ञान केन्द्र डोटीका अनुसार आर्थिक वर्ष २०७८/७९ मा आठ सय मौरीका घारमा पाँच हजार पाँच सय केजी मह उत्पादन भएको हो । आव २०७९/८० मा तीन हजार छ सय घारमा १८ हजार किलो मह उत्पादन भएकामा आव २०८०/८१ मा तीन हजार ६८० घारमा २१ हजार ३४४ किलो मह उत्पादन भएको छ ।

Galaxy

सरकारी तथा गैरसकारी क्षेत्रबाट मौरीपालनका लागि किसानलाई प्रविधिलगायत ज्ञान, सिपमा सहयोग हुँदै आएको छ । आधुनिक घारभन्दा पनि परम्परागत काठेघारलाई सुधार गरेर मौरीपालन गर्दा मह उत्पादन राम्रो भएको जानकारी दिँदै कृषि ज्ञान केन्द्र डोटीका निमित्त कार्यालय प्रमुख गङ्गादत्त अवस्थीले भने, “डोटीका अधिकांश ग्रामीण क्षेत्र सडक सञ्जालसँग जोडिएका कारण पनि यहाँ उत्पादन भएको मह बिक्रीका लागि समस्या छैन ।

मह उत्पादन गर्ने कृषकलाई तालिमलगायत अनुदान पनि थप हुँदै गएका कारण किसानको यसतर्फ आकर्षण बढेको हो ।” डोटीमा प्रतिकिलो एक हजार रुपियाँभन्दा माथिको दरमा मह बिक्री हुने गरेको बताइएको छ ।

डोटीको बडीकेदार गाउँपालिका–५, रन्तोलाका मौरीपालक किसान वीरबहादुर पालले विगत चार वर्षदेखि २० वटा परम्परागत घारमा वार्षिक एक सय किलो मह उत्पादन गर्दै आएको बताए । मौरीलाई बचाउन समस्या भए पनि आम्दानी पनि राम्रै छ ।”

महको बजारीकरणमा सहज होस् भन्ने उद्देश्यले कृषि ज्ञान केन्द्र डोटीले डोटेली मह नाम राखेर किसानलाई मह राख्ने बट्टासमेत वितरण गरेको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार