कैलालीको खुटिया खोलाको दोहन हुँदै, चार सवारी नियन्त्रणमा

धनगढी : कैलालीको खुटिया खोलाको दोहन हुँदै आएको छ। जिल्लाको गोदावरी नगरपालिका–८ मा पर्ने खुटिया नदीको जेबिसी प्रयोग गरेर दोहन हुँदै आएको हो।

महेन्द्र राजमार्गको खुटिया नदीको पुल मुनिको क्षेत्रबाट नदीजन्य पदार्थको सङ्कलन तथा उत्खनन हुँदै आएको छ। जिल्ला प्रशासन कार्यालय, कैलालीले बिहिवार राति चार सवारीलाई नियन्त्रणमा लिएको छ। प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र मिश्रको टोलीले रातिको समयमा नदीमा भेटिएका २ जेसिबीसहित चार सवारीलाई नियन्त्रणमा लिन प्रहरीलाई निर्देशन दिएको हो।

Seti Hospital

कैलाली प्रहरीले से १ क ९६६, सुदूरपश्चिम प्रदेश ०१–००१ क १५१०, सुदूरपश्चिम प्रदेश ०१–००१ क १६१४ र से १ त ९६७४ नम्बरका गाडीहरू नियन्त्रणमा लिएको बताएको छ। प्रहरीले रातिको समयमा नदीमा रहेका सवारीहरू नियन्त्रणमा लिएको बताएको हो। चार सवारीका चालकहरू प्रहरीमा गाडी बुझाएर गएका थिए।

सवारीहरू मालाखेती प्रहरीको नियन्त्रणमा रहेका छन। प्रमुख जिल्ला अधिकारी मिश्रले रातिको समयमा नदीमा रहेका सवारी नियन्त्रणमा लिएको बताए। गोदावरी नगरपालिकाले नदीजन्य पदार्थको सङ्कलन, बिक्री वितरणका लागि ठेक्कामा दिएको छ। नगर प्रवक्ता गोपालदत्त भट्टले खोलाहरू ठेक्कामा दिएको बताएका हुन। खुटिया नदीको दोहन भएको विषयमा जानकारी नरहेको उनले बताए।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

समबन्धित समाचार