दार्चुला : दार्चुलामा स्वास्थ्य बिमा गराउने नागरिकको संख्या बढिरहेको छ। २०७५ सालदेखि सुरु भएको यस कार्यक्रममा हालसम्म १६ हजार ९९१ नागरिक आबद्ध भएका छन्।
स्वास्थ्य बिमा बोर्ड दार्चुलाका संयोजक दीपकसिंह क्षेत्रीका अनुसार ८ हजार ४४ महिला र ८ हजार ९४७ पुरुषले स्वास्थ्य बिमा गराएका छन्।
महाकाली नगरपालिकामा सबैभन्दा धेरै बिमा गरिएको छ भने अपिहिमाल गाउँपालिकामा सबैभन्दा कम रहेका छन । ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, एचआइभी सङ्क्रमित लगायतलाई सरकारले निःशुल्क बिमा गरिदिने व्यवस्था गरेको छ।
प्रतिक्रिया दनुहोस्