रोजगारी खोजीमा १७३ मुलुक पुगे नेपाली

काठमाडौँ । रोजगारी र अवसर खोज्दै एक दशकको अवधिमा संसारका १ सय ७३ वटा मुलुकमा नेपाली पुगेका छन् । ती मुलुकमा ६० लाख ९८ हजार ८० जना नेपाली श्रमिक पुगेको वैदेशिक रोजगार विभागको तथ्यांक छ । उक्त संख्या भारत बाहेकको हो ।

विदेश जानेमा ५६ लाख ८१ हजार ६ सय २७ पुरुष र ४ लाख १६ हजार ४ सय ५३ महिला छन्  । सन् २०१४ जनवरी १ देखि २०२४ को जुलाई १६ सम्म वैधानिक रूपमा श्रम स्वीकृति लिई गएकाहरुको तथ्यांकका आधारमा विभागले उक्त जानकारी दिएको हो ।

व्यक्तिगत पहुँच वा अन्य उपायबाट विभागसँग श्रम स्वीकृति नलिइ गएकाको संख्या सरकारी अभिलेखमा छैन । विभागका प्रवक्ता गुरुदत्त सुवेदीले व्यक्तिको पहुँच बढ्दा नेपाली विश्वभर छरिएको बताए ।

विभागका अनुसार सबैभन्दा बढी कतारमा १६ लाख ६ हजार ५ सय २१ जना नेपाली पुगेका छन् । सबैभन्दा कम सुरिनाममा एक जना मात्र पुगेको देखिन्छ । २०७८ को जनगणनाअनुसार २२ लाख मात्र नेपाली देशबाहिर छन् ।

अन्तर्राष्ट्रिय श्रम संगठनको प्रतिवेदनअनुसार विश्वभरका आप्रवासी श्रमिक युरोपको उत्तरी, दक्षिणी र पश्चिमी क्षेत्र, उत्तरी अमेरिका र अरब देशमा केन्द्रित हुन थालेका छन् । प्रतिवेदनअनुसार सन् ०२२ सम्ममा यी क्षेत्रमा आप्रवासी श्रमिकको संख्या बढेर २३.३ प्रतिशत पुगेको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार