कैलालीका अरुण राज्यमन्त्रीविरुद्ध मुद्दाको फैसला अनिश्चित

काठमाडौं : कैलालीको निर्वाचन क्षेत्र नम्बर २ बाट निर्वाचित नागरिक उन्मुक्ति पार्टीका सांसद तथा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री अरुणकुमार चौधरीविरुद्ध परेको मुद्दामाथि निर्णय सुनाउने मिति सरेको छ। सर्वोच्च अदालतको संवैधानिक इजलासले चौधरीको योग्यतामाथि प्रश्न उठाई दायर भएको रिटमाथि निर्णय सुनाउने मिति सारेको हो। 

अधिवक्ता वसन्त जोशीले चौधरीसहित निर्वाचन आयोग, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, संघीय संसद सचिवालय, राष्ट्रपतिको कार्यालयलाई विपक्षी बनाई २०७९ चैत १७ गते मुद्दा दायर गरेका थिए। गत मंसिर १९ गते प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतसँगै न्यायाधीशहरु सपना प्रधान मल्ल, कुमार रेग्मी, हरिप्रसाद फुँयाल र डा.मनोजकुमार शर्माको संवैधानिक इजलासले आज निर्णय सुनाउने भनिएको थियो। 

तर निर्णय सुनाउने मिति सरेको जनाएको सर्वोच्चले अर्को मिति तोकेको छैन। सार्वजनिक सम्पत्तिमा आगजनी गरेको मुद्दामा दोषी ठहर भएका चौधरी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आममाफी दिएपछि रिहा भएका थिए। सांसद बन्न उनको योग्यता नपुगेको उल्लेख गर्दै जोशीले निर्वाचन अधिकृतको निर्णय बदरको माग गरेका हुन्।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार