बैतडीका विष्णु मृत्युसँग लड्दै, सहयोग गरीदिनहुन अपिल

बैतडी : बैतडी जिल्ला दोगडाकेदार गाउँपालिका वार्ड नं ०१, रिम मल्ली डौरम बस्दै आएका ३९ वर्षीय विष्णु साउद अर्थात् (बेशन) विगत लामो समयदेखि शारीरिक रूपमा असक्त रहेका थिए ।

त्यसैमाथि गत मङ्सिर २१ गरे गते बाख्रा चराउने क्रममा भीरबाट लडेर उनी सक्त घाइते भए । अहिले उनी ओछ्यानबाट उठ्न सक्ने सम्मको अवस्थामा पनि रहेका छैनन्। गत मंसिर महिना मा बाख्रा चराउने क्रममा भिर बाट लडेर घाइते भएका उनले दोगडाकेदार गाउँपालिका बैतडीको सहकार्यमा डडेलधुरा अस्पतालमा प्रारम्भिक उपचार गराएका थिए।

Seti Hospital

उनको आर्थिक अवस्था अत्यन्तै कमजोर भएका कारण थप उपचार गराउन नसकी अहिले घरमै थला परेका छन्। उसै त जसो तसो गरी बिहान बेलुकाको छाक टारीरहेका उनको परिवारमा अहिले विचल्ली परेको छ ।

उनको घरमा उनी र श्रीमती सहित एक छोरा ८ वर्षका र अर्का छोरा १२ वर्षका छन्। उनीहरू पनि अहिले घरमा यस्तो अवस्था आएपछि विक्षिप्त बनेका छन्।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

समबन्धित समाचार