कलिलै उमेरमा अस्ताए चर्चित बाल गायक सचिन

काठमाडौं : बाल गायक सचिन परियारको निधन भएको छ । उपचारको क्रममा उनको बिहीबार बिहान १० बजे महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा मृत्यु भएको हो ।

पछिल्लो समय उनी कम्मरमुनिको भाग नचल्ने समस्याका कारण थलिएका थिए । सचिनको स्वास्थ्यमा समस्या आएको भन्दै उनका बुवा तेजेन्द्र परियारले सहयोगको लागि अपिल गरेका थिए ।

कतिपयले उनको उपचारको लागि आर्थिक सहयोग पनि गरेका थिए । तर, पनि उनको उपचार सम्भव भएन ।

सचिनले गाएका गीत सामाजिक सञ्जालमा भाइरल छन् । उनले महानायक राजेश हमालसँग एक म्युजिक भिडियोमा पनि अभिनय गरेका थिए । साथै उनले हास्य श्रृखला ‘मेरी बास्सै’मा पनि अभिनय गरेका छन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

100%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार