अण्डाको मूल्यमा लगातार वृद्धि !

काठमाडौं : नेपालमा अण्डाको मूल्यले नयाँ उचाइ छोएको छ । माग र उत्पादनबीचको असन्तुलनले अण्डाको मूल्य लगातार बढिरहेको हाे ।

व्यवसायीहरूले मंसिर १५ यता सातैपिच्छे मूल्य वृद्धि गर्दै आएका छन् । मंसिर १५ मा मिडियम अण्डाको एक क्रेटको मूल्य ४४० रुपैयाँ थियो भने ठूलो अण्डाको मूल्य ४५५ रुपैयाँ थियो । मंसिर २८ सम्म मिडियम अण्डा ४७० र ठूलो अण्डा ४८५ रुपैयाँमा पुग्यो । हाल पुस १२ मा मिडियम अण्डाको मूल्य ५०० र ठूलो अण्डाको ५१५ रुपैयाँ पुगेको छ । खुद्रा बजारमा एउटा अण्डाको मूल्य २५ रुपैयाँसम्म पुगेको छ ।

नेपाल लेयर्स कुखुरापालक संघका अनुसार उत्पादनमा कमी र दानाको मूल्य वृद्धिले अण्डाको मूल्यमा लगातार वृद्धि भएको हो । संघका संस्थापक अध्यक्ष विनोद पोखरेलका अनुसार कोभिड-१९ पछि ६० प्रतिशत कुखुरा किसान विस्थापित भएका छन्, जसका कारण दैनिक उत्पादन ३०-३२ लाख गोटामा सीमित छ ।

किसानहरूले एउटा अण्डा१७ रुपैयाँमा बेच्दै आएका छन्, तर खुद्रा बजारमा उपभोक्ताहरूले २२.५० देखि २५ रुपैयाँसम्म तिर्नुपरेको छ । चिसो मौसम, पर्यटकहरूको आगमन, र उपभोक्ताहरूमा अण्डाको स्वास्थ्य लाभप्रति जागरुकताले मागमा वृद्धि भएको छ ।

मूल्य निर्धारणमा चितवनलाई आधार मानिने भएकाले व्यवसायीहरूको सिन्डिकेटले पनि मूल्य वृद्धि गरेको आरोप छ । सरकारले अण्डामा आत्मनिर्भरता घोषणा गरे पनि उत्पादन मागको तुलनामा १० प्रतिशत अपुग छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार