डडेल्धुरा : डडेल्धुराको देवल माविले अजयमेरु गाउँपालिकास्तरीय छैठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि जितेको छ । बुधबार सम्पन्न गाउँपालिकास्तरीय प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै अजयमेरु गाउँपालिका वडा नम्बर ६ मा रहेको देवल माविले शिल्ड उचालेको हो ।
देवल माविले ११ स्वर्ण, १२ रजत र ६ कास्य प्राप्त गरेर शिल्ड जितेको हो । यस्तै वडा नम्बर २ मा रहेको सहश्रलिङ्ग मावि स्वर्ण ९, रजत १२ र कास्य ८ जित्दै दोस्रो भएको छ ।
यस्तै, मणिलेक मावि स्वर्ण ९, रजत ५ र कास्य १२ जितेर तेस्रो भएको छ । भरतपुर माविले स्वर्ण ४, रजत ३ र कास्य ३, बालकल्याण माविले स्वर्ण ४, रजत १ र कास्य १३, भद्रपुर माविले स्वर्ण ३, रजत ४ र कास्य ४ प्राप्त गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्