दार्चुलाको अपिहिमालमा सञ्चालित पाँचौ राष्ट्रपति रनिङ शिल्डको उपाधी महादेव माविलाई

दार्चुला : दार्चुलाको अपिहिमाल गाउँपालिकामा सञ्चालित पाँचौ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधी महादेव माध्यमिक विद्यालय घुसाले हात पारेको छ । प्रतियोगितामा १६ स्वर्ण, १० रजत र २ कास्यपदक हात पार्दै महादेव माविले उपाधी हात पारेको हो ।

प्रतियोगितामा सौगन्नाले १० स्वर्ण, ६ रजत प्राप्त गरेर भवानी मावि द्धितिय भएको छ भने खण्डेश्वरी माविले ३ स्वर्ण, ९ रजत र १३ कास्य पदक प्राप्त गरी तृतीय स्थान हात पार्न सफल भएको छ ।

प्रतियोगितामा छिपुलकेदार मावि धंकले एक स्वर्ण, ५ रजत र ७ काश्य पदक सहित सान्त्वना स्थान प्राप्त गरेको छ । पुस १५ गतेबाट गाउँपालिका–४ खात्तीस्थित सम्तेलीचौड खेल मैदानमा सञ्चालन भएको थियो ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार