पेट्रोलको भाँडामा आगो सल्कँदा घर जलेर नष्ट, एकजना घाइते

काठमाडौं : दोलखामा आगलागी हुँदा एकजना घाइते भएका छन् । जिरी नगरपालिका–२  छेर्मादिङस्थित ढुंगा र माटोबाट निर्मित जस्ताको छानो रहेको दुईतले कच्ची घरमा आगलागी भएको हो ।

स्थानीय ३४ वर्षीय भीमबहादुर खड्काको उक्त घरमा बुधबार  बेलुका करिब ८ बजेतिर आगलागी भएको थियो । भान्साकोठामा ट्रयाक्टरमा प्रयोग गर्न राखिएको पेट्रोलको भाँडामा आगो सल्कँदा घर जलेर नष्ट भएको वाग्मती प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

Seti Hospital

आगो निभाउने क्रममा घरधनी खड्का घाइते भएका छन् । उनको बायाँ खुट्टाको घुँडामुनिको भागमा आगोले पोलेको प्रहरीले जनाएको छ । स्थानीय र प्रहरीको सहयोगमा बुधबारै राति करिब ९ः५० बजे आगलागी नियन्त्रणमा लिइएको थियो ।

घाइते खड्का जिरी अस्पतालमा उपचाररत छन् । आगलागीबाट करिब पाँच लाख रुपैयाँबराबरको धनमाल जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Bhetenari ADD

समबन्धित समाचार