अबैध काठ र ट्याक्टरसहित गोदावरीबाट एक जना पक्राउ

धनगढी : कैलालीको गोदावरीबाट अबैध काठ र ट्याक्टरसहित एक जना पक्राउ परेका छन्। अबैध काठ, ट्याक्टर र ट्याक्टर चालक धनगढी उपमहानगरपालिका–३ बस्ने १९ वर्षीय रमेश डगौरा पक्राउ परेका छन्।

इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरी गस्ती टोलीले गोदावरी नगरपालिका–१ पुर्व रोडबाट पश्चिम तर्फ आउँदै गरेको से १ त ६३३७ नम्बरको ट्याक्टरलाई चेक जाँच गर्दा अबैध जमुना जातको काठको गोलिया थान–२ र बट्ररो जातको काठको गोलिया थान–२ गरि ४ थान काठको गोलिया (९० क्युफिट) फेला पारी पक्राउ गरिएको हो।

डगौरालाई आवश्यक कारवाहीको लागि सव डिभिजन वन कार्यालय अत्तरियामा बुझाएको इलाका प्रहरी कार्यालय मालाखेतीका डीएसपी गंगाबहादुर थापाले बताए।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार