सिमाका अपराध न्युनिकरण बारे छलफल, गौरीफन्टामा नेपाल भारत सुरक्षा बैठक

धनगढी : नेपाल भारत सिमा सुरक्षा व्यबस्थित बनाउन भारतको गौरीफन्टामा नेपाल भारत दुईपक्षीय सुरक्षा बैठक बसेको छ । अहिले भारतको प्रयागराज जाने नेपालीहरुको बढ्दो यात्रालाई सिमामा सहज बनाउन बैठक बसेको हो ।

भारतको लखिम्मपुर खिरीका प्रहरी उपरीक्षक गणेशप्रसाद शाहद्वारा आगामी प्रयागराज कुम्भको लागि गौरीफन्टा चेकपोष्ट कवजमा गोष्ठी आयोजना गरिएको छ । गोष्ठीमा प्रयागराजमा हुने महाकुम्भ मेला २०२५ लाई विशेष महत्व दिइएको थियो ।

महाकुम्भ मेला २०२५ को अवसरमा नेपालबाट प्रयागराज जाने भक्तजनहरूको सुरक्षा र सहायताका लागि सिमामा रहेका हेल्प डेस्क र आउटपोस्ट सञ्चालनसँगै भारत नेपाल सिमामा हुने गैरकानुनी गतिविधि नियन्त्रणका लागि उक्त गोष्ठीको आयोजना गरिएको गौरीफण्टा तथा अध्यागमन चौकीका इन्चार्ज सिममा कार्यरत इन्स्पेक्टर अवधेश कुमार यादवले जानकारी दिए ।

बैठकमा ३९ औँ गणका एसएसपी सुरेश शर्मा, ३४ औँ गणका एसएसपी दलबहादुर पाण्डे, नेपाल एपीएफका प्रतिनिधि, पलियाका उपजिल्ला अधिकारी रत्नाकर मिश्र, पलिया क्षेत्राधिकारी यादवेन्द्र यादव, गौरीफन्टा भन्सार सुपरटेन्डेन्ट एसके तिवारी, गौरीफान्टाका वन अधिकारी विकास वर्मा, सुडाका एसएसबी सहायक कमान्डेन्ट समीर सेन, गौरीफन्टाका सहायक कमान्डेन्ट एसएसबी सतिश कुमार, गौरीफन्टा अध्यागमन चौकीका इन्चार्ज तथा सिमामा कार्यरत इन्स्पेक्टर अवधेशकुमार यादव लगायत अन्य सबै निकायका अधिकृत कर्मचारीहरूको उपस्थिति रहेको थियो । सीमा क्षेत्रमा दैनिक आवतजावत गर्ने यात्रुको सुरक्षाका निम्ति गोष्ठी गरेको र सबैलाई सुरक्षाको आभास गराउने गरी निर्णयहरू कार्यान्वयन गरिने गोष्ठीले प्रतिबद्धता गरेको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार