भागेर विवाह गर्ने डरले अभिभावकले बालखैमा विवाह गरिदिने !

काठमाडौं : मधेश प्रदेशका सामाजिक विकास मन्त्री प्रमोदकुमार जयसवालले छोरीहरूले भागेर विवाह गर्ने डरले अभिभावकले बालखैमा विवाह गरिदिने गरेको बताएका छन् । 

मंगलबार महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय अन्तर्गतको राष्ट्रिय बाल अधिकार परिषद्ले गरेको ‘बाल विवाहमुक्त नेपाल अभियान’ को अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले इज्जत र प्रतिष्ठाको कारणले अभिभावक नै बाल विवाहमा सक्रिय भएको बताए । 

उनले भने, ‘छोरी भागेर बिहे गर्छन् कि भन्ने डरले अभिभावकले बालविवाह गरिदिएको पाइन्छ । त्यसैले अभिभावकलाई सचेत गराउनुपर्ने अवस्था छ । धार्मिक मान्यता अनुसार कन्यादानको प्रचलनले छोरीहरुको जीवन कष्टमा धकेलेको पाइन्छ । बाल विवाहको कारण भूगोलपिच्छे फरक-फरक रहेको पाइएको छ । परिवेश र कारक तत्व पहिचान गरेर नीति तथा कार्यक्रम बनाउनुपर्ने देखिन्छ ।’ 

त्यस्तै, उनले मधेश प्रदेशमा भन्दा कर्णाली प्रदेशमा बाल विवाहको भयावह स्थिति भएको बताए । उनी थप्छन्, ‘कर्णालीपछि दोस्रोमा मधेश प्रदेशमा बाल विवाह भएको पाइन्छ । अभिभावकमा छोरीको उमेर जति बढ्यो उति दाइजो दिनुपर्ने त्रास मधेशमा रहेको छ । 

बलियो संयन्त्र बनाएर काम गर्न आवश्यक रहेको उनको भनाइ छ । मन्त्रालयले आजदेखि सातै प्रदेशसँगको सहकार्यमा ‘बाल विवाहमुक्त नेपाल अभियान देशैभर अभियान सुरु गरेको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार