बैतडी : सुदूरपश्चिम प्रदेशका पूर्व मुख्यमन्त्री राजेन्द्रसिंह रावलले संस्कृतिक संरक्षणमा सबैले जुट्नुपर्ने बताएका छन् । दशरथचन्द नगरपालिका–५ स्थित दशरथचन्द माविको ६८ औैं बार्षिकोत्सव समारोहमा बोल्दै पूर्व मुख्यमन्त्री रावलले संस्कृृतिक हस्तान्तरण र पुस्तान्तरण हुन नसके अस्तित्व नै मेटिने बताए ।
उनले भने, ‘संस्कृति सभ्यातको जननी हो । यसको संरक्षणमा सबैले जुट्नुपर्दछ ।’ सुदूरपश्चिम क्षेत्र सांस्कृतिक रुपमा निकै धनी भएको बताउँदै रावलले संस्कृतिको विस्तार र विकासमा युवा पुस्ताको ध्यान जानुपर्ने बताए ।
यस्तै अर्को प्रसंगमा पूर्व मुख्यमन्त्री रावलले शिक्षा र विकासको लागि राजनीति गर्न नहुने बताए । उनले भने,‘भौतिक विकास र शिक्षाको विकासका लागि राजनीतिक दलभन्दा माथि उठ्नुपर्छ । यो सबैको दायित्व भएकाले यसमा सकेको सबैले सहयोग गर्नुपर्छ ।’
प्रतिक्रिया दिनुहोस्