राजावादी समुहले राखेको शंकास्पद वस्तु सेनाद्धारा निष्क्रिय

सुनसरी : इटहरी उपमहानगर कार्यालयअगाडि राखिएको शंकास्पद वस्तु नेपाली सेनाले निष्क्रिय पारेको छ।

राजावादी बताउने समूहले उपमहानगरपालिकाको कार्यालयअगाडि राखेको बम मंगलबार नेपाली सेनाले निष्क्रिय पारेको जिल्ला प्रहरी कार्यालय सुनसरीका सुचना अधिकरी राम प्रसाद तिमल्सिनाले बताए ।

Galaxy

‘राजाको पक्षमा भएको विवरण सहतिको पर्चा फेला पारेका छौँ,मान्छे पक्राउको लागि खोज तलास कार्य भइरहेको छ,’उनले भने । उनका अनुसार अहिले इटहरीको अवस्था सामान्य छ।

मंगलबार बिहानै प्रहरीलाई उपमहानगर कार्यालय अगाडि बम राखेको सूचना प्राप्त भएको थियो। इटहरी उपमहानगरअगाडि प्रेसर कुकरमा तार बेरेको होक्स (झुक्याउने सामग्री) फेला परेको थियो ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार