शैक्षिक महोत्सवले शिक्षा क्षेत्रमा नयाँ आयाम थप्ने : पूर्वमन्त्री देउवा

धनगढी : सुदुरपश्चिम प्रदेश सरकारका पुर्वमन्त्री तथा सुदुरपश्चिम प्रदेश सभा सदस्य प्रकाशवहादुर देउवाले धनगढीमा गरिएको राष्ट्रिय पुस्तक प्रदर्शनी तथा शैक्षिक महोत्सवले शिक्षा क्षेत्रमा नयाँ आयाम थप्ने बताए ।

आज धनगढीमा नवौ राष्ट्रिय पुस्तक प्रदर्शनी तथा शैक्षिक महोत्सव २०८१ के समापन गर्दै पुर्वमन्त्री देउवाले महोत्सवले शिक्षा क्षेत्रमा परिवर्तन ल्याउन महत्वपुर्ण टेउवा पुराउने बताए । उहाँले शैक्षिक महोत्सवले शिक्षा क्षेत्रलाई सुचनामैत्री र समय सुहाउँदो बनाउनका लागि कोसेढुंगा साविक भएको बताए । उहाँले शिक्षा क्षेत्रको विकासका लागि नयाँ व्यवस्था आवश्यक रहेको दावी गरे । उहाँले कैलाली क्षेत्र नम्बर ५ को विकासका लागि आफु सधैं लागिरहेको र यसक्षेत्रको विकासका लागि प्रतिबद्ध रहेको बताए ।

Seti Hospital

राष्ट्रिय पुस्तक प्रदर्शनी तथा शैक्षिक महोत्सव सकियो, एक लाख बढी दर्शकद्धारा अवलोकन
धनगढीमा भएको नवौं वृहत राष्ट्रिय पुस्तक प्रदर्शनी तथा शैक्षिक महोत्सव २०८१ सकिएको छ । १४ बर्षपछि धनगढीमा भएको शैक्षिक महोत्सव पुस ९ गतेदेखि सुरु भएको शैक्षिक महोत्सव सकिएको हो । नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी संघ कैलालीका अध्यक्ष भीम पडालको अध्यक्षमा सम्पन्न समापन समारोहका प्रमसख अतिथि सुदुरपश्चिम प्रदेश सरकारका पुर्वमन्त्री तथा सुदुरपश्चिम प्रदेश सभा सदस्य प्रकाशवहादुर देउवा रहनु भएको थियो । विभिन्न सांस्कृतिक कार्यक्रमहरु गर्दै औपचारिक रुपमा समापन गरिएको हो ।

सामाजिक रुपान्तरणका लागि शिक्षामा नयाँ अभियान भन्ने नाराका साथ भएको नवौं वृहत राष्ट्रिय पुस्तक प्रदर्शनी तथा शैक्षिक महोत्सवमा सुदुरपश्चिम प्रदेशका साथै देश र विदेशमा रहेका प्रकाशक, स्टेशनरी वितरक, शैक्षिक संस्था, मसलन्द सामाग्री, शिक्षण संस्थाहरु र शिक्षासँग सम्बन्धित निकायहरुका गरी एक सय बढी स्टल रहेका थिए । महोत्सवलाई एक लाख बढी दर्शकले अवलोकन गरेका छन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

समबन्धित समाचार