आज सुनको मूल्य तोलाको छ सयले घट्यो !

काठमाडौं : साताको तेस्रो दिन मंगलबार (आज) सुनचाँदीको मूल्य घटेको छ। आइतबारको तुलनामा आज सुन तोलाको छ सय रुपैयाँ घट्दा चाँदी २५ रुपैयाँ प्रतितोला घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

सोमबार भने सार्वजनिक बिदा हुँदा महासंघले सुनचाँदीको मूल्य सार्वजनिक गरेन। आज सुनको मूल्य तोलाको एक लाख ४९ हजार छ सय रुपैयाँ कायम भएको छ। आइतबार भने सुन तोलाको एक लाख ५० हजार दुई सय रुपैयाँ थियो।

त्यसैगरी आज चाँदी तोलाको एक हजार सात सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ। आइतबार यो तोलाको एक हजार सात सय ९० रुपैयाँ प्रतितोला थियो।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार