धनगढी : कैलालीबाट प्रहरीले ३ लाख बढीको भन्सार छलीको सामान बरामद गरेको छ । सोमबार धनगढी र गोदावरीबाट प्रहरीले भन्सार छलीको सामान बरामद गरेको हो ।
धनगढी उपमहानगरपालिका – २ सिसा पोस्ट, धनगढी उपमहानगरपालिका – ९ बङग्राकटान, धनगढी उपमहानगरपालिका – १३ राजपुर र गोदावरी नगरपालिका –२ बसपार्कबाट अबैंध रूपमा भारतबाट भन्सार छली ल्याएका अन्दाजी ३ लाख ३४ हजार ५९० रुपैयाँ बराबरको सामान बरामद गरिएको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।
जसअन्तरगत प्याज, चिनी, जिरा, खुर्सानी, ज्वानो, नरिवल, मिठाई, लेडिज पाइन्ट, लेडिज टप्स, विभिन्न किसिमका लेडिज कपडा, माछा लगायतका सामानहरू रहेका छन ।
प्रतिक्रिया दिनुहोस्