शैक्षिक महोत्सव २०८१: वक्तित्वकला प्रतियोगितामा राइजिङ्ग स्टार दोस्रो, तृप्तीले जितिन् १० हजार 

धनगढी ।  कैलालीमा आयोजित विद्यालय स्तरीय वक्तित्वकला प्रतियोगितामा राइजिङ्ग स्टार इंग्लिश बोर्डिङ्ग स्कुल दोस्रो भएको छ ।

नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी संघ कैलालीद्वारा आयोजित ९औँ बृहत ‘राष्ट्रिय पुस्तक प्रदर्शनी तथा शैक्षिक महोत्सव २०८१’ को विद्यालय  स्तरीय वक्तृत्वकला प्रतियोगितामा राइजिङ्ग स्टार इंग्लिश बोर्डिङ्ग स्कुलबाट प्रतिनिधित्व गर्दै सहभागी तृप्ती सिंह द्वित्तीय भएकी हुन् । 

तृप्ती  राइजिङ्ग स्टार इंग्लिश बोर्डिङ्ग स्कुलमा कक्षा ५ मा अध्यन गर्छिन् ।

वक्तित्वकलामा द्वित्तीय भएबापत तृप्तिले पुरस्कार स्वरुप १० हजार नगद प्राप्त गरेकी छिन ।   

‘सामाजिक रुपान्तरणका लागि शिक्षामा नयाँ अभियान’ भन्ने मूल नाराका साथ पुष गतेदेखि धनगढीमा नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी संघ कैलालीको आयोजनामा महोत्सव चलिरहेको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार