दिपेन्द्रलाई ओमोडा एन्ड जेइकोको ब्रान्ड एम्बासडरमा नियुक्त

काठमाडौँ : एसपिजी अटोमोबाइल्सले क्रिकेटर दिपेन्द्रसिंह ऐरीलाई ओमोडा एन्ड जेइकोको ब्रान्ड एम्बासडरमा नियुक्त गरेको छ। दीपेन्द्र र ओमोडा एन्ड जेइकोकाे नेपालका लागि आधिकारिक विक्रेता शारडा ग्रुप एसपिजी अटोमोबाइल्स प्रालिबीच सोमबार सम्झौता भएको हो।

नेपाल प्रिमियर लिगको उत्कृष्ट नेपाली खेलाडी घोषित सुदूरपश्चिम रोयल्सका कप्तान दिपेन्द्रलाई सोही अवसरमा पुरस्कार बापतको कार पनि हस्तान्तरण गरिएको थियो।

ओमोडा एन्ड जेइको एनपिएलको पहिलो संस्करणको लागि ‘ड्रिभन बाइ’ सह-प्रायोजकको रूपमा थियो। एनपिएल सुरु हुनुभन्दा अगाडि नै ओमोडाले उत्कृष्ट नेपाली खेलाडीलाई कार पुरस्कार दिने घोषणा गरेको थियो।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार