खेतबारीमा छाडा चौपाया आउन नदिन तारबार

धनगढी : छाडा चौपायाले हिउँदे बाली नोक्सान गर्न थालेपछि किसानले जङ्गल क्षेत्रमा तारबार गरेका छन् । वनमा रहेका छाडा चौपायालाई खेततर्फ आउन नदिनका लागि कैलालीको कैलारी गाउँपालिका–७ छटकपुर बसन्ताका किसानले तारबार गरेका हुन् ।

बसन्ता वन क्षेत्रमा रहेका छाडा चौपायाले कृषि उपजमा नोक्सान गरेर दुःख दिएपछि वन क्षेत्रमा तारबार गरेको पूर्व भलमनसा जियाराम चौधरीले जानकारी दिए ।

उहाँका अनुसार छाडा चौपायाबाट गहुँ, मसुर, आलु लगायतका हिउँदे बाली जोगाउन किसानलाई धौ धौ भएको छ । करिब एक दशकदेखि छाडा गाईगोरुले खेतीपाती नोक्सान गरिरहे पनि छाडा चौपाया व्यवस्थापनमा स्थानीय सरकारको ध्यान नगएको किसानको गुनासो छ । 

बसन्ता वन क्षेत्रमा धेरै छाडा चौपाया बस्छन् । राति भएपछि ती चौपायाहरु किसानको खेतमा पुगेर हिउँदे बाली नोक्सान गर्ने गरेका चौधरीले बताए । छाडा चौपायाले नोक्सान गर्दै आएकाले हिउँदे बाली जोगाउन किसान रातभरि खेतमै जाग्राम बस्नु पर्ने बाध्यता रहेको छ । यतिबेला कैलालीको वडा नम्बर ३, ४, ५ र ७ का कृषक छाडा चौपायाले हैरान बनेका छन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार