डडेल्धुरामा नयाँ पाठ्यक्रम कार्यान्वयन गर्ने उद्देश्यले शिक्षकलाई सहजीकरण गरिँदै !

डडेल्धुरा : जिल्लाका सातवटै स्थानीय तहमा नयाँ पाठ्यक्रम कार्यान्वयन गर्ने उद्देश्यले शिक्षकलाई सहजीकरण गर्न कार्यक्रम सञ्चालन गरिएको छ । शिक्षा विकास तथा समन्वय इकाई डडेल्धुराले स्थानीय तहको सहकार्यमा शिक्षकलाई नयाँ पाठ्यक्रम र पाठ्य सामग्रीबारे अभिमुखीकरण गराइरहेको हो । 

कक्षा ५, ८ र १० मा नयाँ पाठ्यक्रम कार्यान्वयनलाई प्रभावकारी बनाउने उद्देश्यले जिल्लाका शिक्षकलाई सहजीकरण कार्यक्रम सञ्चालन गरिएको शिक्षा विकास तथा समन्वय इकाईका प्राविधिक सहायक गोपालदत्त पाण्डेले जानकारी दिए । कार्यक्रममा नयाँ पाठ्यक्रमको उद्देश्य, संरचना र शिक्षण विधिबारे विस्तृत जानकारी प्रदान गरिएको उनले बताए ।

सहजीकरणले शिक्षकलाई नयाँ पाठ्य सामग्रीको प्रयोग र कक्षाकोठामा व्यवहारिक शिक्षण प्रविधिको उपयोग गर्न सिकाउने लक्ष्य राखेको छ । उनका अनुसार नयाँ पाठ्यक्रमले विद्यार्थीलाई व्यवहारिक ज्ञान र जीवन उपयोगी सीप विकास गर्न प्रेरित गर्नेछ । 

सहजीकरण कार्यक्रम जिल्लाको सातवटै पालिकामा चरणबद्ध रूपमा सञ्चालन भइरहेको बताउँदै पाण्डले यसअघि परशुराम नगरपालिका र आलिताल गाउँपालिकामा कार्यक्रम सम्पन्न भइसकेको जानकारी दिए ।

आइतबार भागेश्वर गाउँपालिका, १५ गते गन्यापधुरा र १६ गते अमरगढी नगरपालिका, १८ र १९ गते क्रमशः नवदुर्गा र अजयमेरु गाउँपालिकामा सहजीकरण कार्यक्रम सञ्चालन गरिने प्राविधिक उनले जानकारी दिए । 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार