नागरिक सामाजद्धारा गेटामा मेडिकल विश्वविद्यालय शीघ्र सुचारु गर्न माग

धनगढी : नागरिक समाजले कैलालीको गेटामा घोषणा गरिएको सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय शीघ्र सुचारु गर्न माग गरेको छ ।

सोमबार विश्वविद्यालयको प्राङ्गणमा दबाब तथा ध्यानाकर्षण कार्यक्रम गर्दै समाजले मेडिकल विश्वविद्यालय शीघ्र सुचारु गर्न माग गरेको हो । नागरिक समाजले करिब २ घण्टा विश्वविद्यालयको प्राङ्गणमा उभिएर मेडिकल विश्वविद्यालय विधेयक द्रुत गतिमा पारित गर, मेडिकल कक्षा शीघ्र सञ्चालन गर लेखिएको ब्यानर टाँसेर सरकारको ध्यानाकर्षण गरेको थियो ।

यसबिच अनौपचारिक रूपमा सञ्चालित कार्यक्रममा तत्कालीन गेटा मेडिकल कलेजका पूर्वाधार विकास समितिकाका पूर्व निर्देशक हेमराज पुजारा, नागरिक सामाजका, राजेन्द्र वीर चन्द, डिल्ली राज जोशी, तीर्थ राज ओझा (गड्सेरा माइला) र प्रेम राज भण्डारीले आफ्ना धारणा राखेका थिए ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार