सयौं अभियुक्त कारबाहीमा, चर्चा रविको मात्र !

काठमाडौं : पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दाका आरोपीहरूको बयान चलिरहेको छ । छविलाल जोशी र लीला पछाइको बयान सकिएपछि रास्वपाका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेको बयान लिइएको थियो । उनको बयान पनि सकिएको छ ।

उनलाई २ दिनमा २६ भन्दा बढी प्रश्न गरिएको थियो भने आरोपमा इन्कारी बयान दिएका छन् । उनीसँग पहिलो दिन ३ घण्टा र दोस्रो दिन दिनैभरि बयान लिइएको थियो । बयानका क्रममा उनले गोर्खा मिडियाको सबै जिम्मेवार जीबी राई रहेको बताएका छन् । लामिछानेको बयान सकिएपछि इजलासले तोकेअनुसार अर्का प्रतिवादीको बयान सुरु भएको छ ।

Seti Hospital

उक्त सहकारी ठगी मुद्दामा लामिछाने, जोशी, पछाइ, कृष्णबहादुर गुरुङ र रामबहादुर खनाललाई बयानका लागि गत सोमबार अदालतमा उपस्थित गराइएको थियो । सबै प्रतिवादीहरूको बयान सकिएपछि मात्र थुनछेकको बहस र आदेश हुनेछ ।

रविको धेरै चर्चा
सांसद सूर्य थापाको नेतृत्वमा बनेको विशेष समितिको सिफारिसपछि सरकारले पाँच सयभन्दा बढी सहकारीमा ठगी, हिनामिना र अपचलनमा संलग्न झन्डै १ हजार १ सय ७५ जनाविरुद्ध कारबाही प्रक्रिया अघि बढाएको छ ।

अहिलेसम्म ६ सय जनालाई कारबाही गरिएको छ भने ५ सय ७५ जना अनुसन्धानका क्रममा हिरासत र जेलमा छन् । २२ सहकारीका ६२ हजार ७ सय ६० बचतकर्ताको झन्डै ४० अर्ब रुपैयाँ अपचलन भएको पाइएको छ । नेपाल प्रहरीले सहकारी ठगी अभियोग लागेर देश छाडेका ९ जनाविरुद्ध रेड कर्नर नोटिस जारी गरेको छ ।

गोर्खा मिडिया नेटवर्कका तत्कालीन अध्यक्ष गितेन्द्रबाबु राई, भूपेन्द्रबाबु राई, थानबहादुर बुढालगायत थुप्रै अभियुक्त फरार छन् । ललितपुरको मितेरी र सुमेरु सहकारीका भरत महर्जन र ज्योति गुरुङ पनि १० अर्बभन्दा बढी अपचलनमा मुछिएका छन् । तर रवि लामिछानेमाथिको अनुसन्धानले मात्रै धेरै चर्चा पाएको छ ।

सामाजिक सञ्जाल र सञ्चारमाध्यममा चर्चा भएजस्तो रास्वपा सभापति लामिछानेलाई मात्रै कानुनी कारबाही भइरहेको भन्ने होइन । सहकारीको रकम टेलिभिजनमा लगानी गरेको सन्दर्भमा लामिछानेमाथि अनुसन्धान र अदालती कारबाही चलिरहँदा अरू कैयौँ अभियुक्तमाथि पनि अनुसन्धान भइरहेको छ ।

सत्ता र विपक्षी दलका नेताहरू पनि कारबाहीमा परेका छन् । जसमा सत्ता साझेदार नेपाली कांग्रेस, एमाले र प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रको जिम्मेवार निकायमै बसेका नेतामाथि अनुसन्धान र कारबाही भइरहेको छ ।

सुकेधाराको आइडियल यमुना सहकारीका अध्यक्ष कृष्णबहादुर उप्रेती १५ करोड अपचलन प्रकरणमा पुर्पक्षका लागि थुनामा छन् । कृषि विकास बहुउद्देश्यीय सहकारीका अध्यक्ष तेजविक्रम थापा र पत्नी सजना राजकर्णिकारसहित चारजना पक्राउ परेका छन् ।

कान्तिपुर सेभिङ एन्ड क्रेडिटका पूर्वअध्यक्ष चन्द्रबहादुर लामा र हिमालविक्रम मल्ल सात अर्ब ९० करोड अपचलनमा जेलमा छन् । भक्तपुरको शिवशिखर सहकारीका निवर्तमान अध्यक्ष र मोरङको तुलसी सहकारीका अध्यक्ष केदारनाथ शर्मा र उनकी पत्नी गीता शर्मा पनि कारबाहीमा परेका छन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

समबन्धित समाचार