अन्तर्राष्ट्रिय खुला कराते च्याम्पियनसिपको उपाधि नेपाललाई

भारत : भारतको पुणेमा आयोजित अन्तर्राष्ट्रिय खुला कराते च्याम्पियनसिपको उपाधि नेपालले जितेको छ । पुणेस्थित खेलकुद विभाग केन्द्रमा सम्पन्न प्रतियोगितामा नेपालले विभिन्न उमेर र तौल समूहमा गरी १७ स्वर्ण, ५ रजत र २ कास्य पदक जितेर उपाधि हासिल गरेको हो ।

प्रतियोगितामा भारत १६ स्वर्ण, २९ रजत र ६१ कास्य पदक प्राप्त गरी द्वितीय तथा श्रीलङ्का ६ स्वर्ण, पाँच रजत र १५ कास्य पदक प्राप्त गरी तृतीय भयो । यसअघि नेपालको तर्फबाट उत्कृष्ट काता प्रदर्शन गरेका १० वर्षमुनि समूहका सिद्वार्थ रानाले स्वर्ण पदक प्राप्त गरेका थिए । यस्तै समूहगत कातातर्फ पनि नेपालका ६ खेलाडीले स्वर्ण पदक जिते ।

विजयी खेलाडीलाई भारतीय राष्ट्रिय कराते संघका महासचिव राजु थापाले शिल्ड तथा प्रमाणपत्र वितरण गरे । भारतीय राष्ट्रिय कराते संघको आयोजनामा भएको उक्त प्रतियोगितामा नेपाल, भारत र श्रीलंकाका विभिन्न उमेर समूहका एक सयभन्दा बढी खेलाडी सहभागी थिए ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार