कैलाली र कञ्चनपुरबाट साढे ७ लाख बढीको अवैध सामान बरामद

कैलाली : प्रहरीले कैलाली र कञ्चनपुरका छुट्टाछुटै स्थानबाट साढे ७ लाख बढीको अवैध सामान बरामद गरेको छ । कैलालीको धनगढी उपमहानगरपालिका – २ शिसा पोष्ट, भजनी नगरपालिका –३ जसबहादुर घाट नजिक, टीकापुर नगरपालिका – ९ कालिमाटी स्थित सडक खण्ड र जोशीपुर गाउँपालिका – ३ लक्कडबाट अबैंध रुपमा भारतबाट भन्सार छली ल्याएका सामान बरामद गरिएको छ ।

जसअन्तरगत ९३ हजार ९५० रुपैयाँ बराबरको चिनी, बिडी, सुर्ती, झ्याल, ढोकाको पर्दा, फलाम काट्ने मेसिन, मोटरसाइकलका बिभिन्न पार्टपुर्जा, साइकलका बिभिन्न पार्टपुर्जा, प्लाष्टिक झिल्ली लगायतका सामानहरु बरामद गरिएको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।

SHIKHAR COOL TECH

यस्तै कञ्चनपुरको भीमदत्त नगरपालिका – ६ ऐठपुर, बेलौरी नगरपालिका –१ बैशाखी, बेलौरी नगरपालिका – ६ भुराकोट र बेलौरी नगरपालिका – ७ पौलाहाबाट ६ लाख ७७ हजार ७५० रुपैयाँ बराबरको युरिया मल, कुर्सी, ट्रयाक, ट्रयाकसुट, सट, मोटरसाइकल लगायतका सामानहरु बरामद गरिएको प्रहरीले जनाएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार