परशुराममा आजदेखि मेयर फोरम आजदेखि सुरु हुँदै !

धनगढी : ‘प्रथम सुदूरपश्चिम मेयर फोरम २०८१’ आजदेखि सुरु हुँदै छ । डडेल्धुराको परशुराम नगरपालिकाको आयोजनामा परशुराम धाममा दुई दिने मेयर फोरम हुन लागेको हो ।

मेयर फोरमको विहान १० बजे सुदूरपश्चिमका आर्थिक मामिलामन्त्री बहादुरसिंह थापाले उद्धघाटन गर्ने कार्यक्रम छ । परशुराम नगरपालिकाका मेयर भरत बडायर जोशीका अनुसार मेयर फोरममा सुदूरपश्चिम प्रदेशका उपमहानगरपालिका र नगरपालिकाका मेयर तथा गाउँपालिकाका अध्यक्षहरूको सहभागिता रहनेछ ।

सुदूरपश्चिम प्रदेशका अवसर र चुनौतीको विषयमा छलफल सञ्चालनका लागि मेयर फोरमको आयोजना गरिएको जोशीले बताए ।

‘अवसर र चुनौतीका विषयमा छलफल चलाउँदै सहकार्यका रणनीति तय गर्ने हाम्रो उद्येश्य छ,’ उनले भने, ‘सम्मेलनले सुदूरपश्चिमका स्थानीय तहबीच समन्वयलाई सुदृढ गर्ने विश्वास छ ।’  सुदूरपश्चिमका स्थानीय तहबीच सहकार्य सुदृढ भए प्रदेश र केन्द्रमा आवाज उठाउन सहज हुने उनको भनाई छ । मेयर फोरममा विज्ञहरुको सहभागितामा पाँच वटा सेशन सञ्चालन हुने मेयर जोशीले जानकारी दिए ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार